काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक संरचनाको टुंगो लगाउन कार्यदल गठन गरेको छ । यसअघि कार्यदलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा वादल रहेका थिए । स्थायी समितीको वैठकले ९ सदस्यिय नयां कार्यदल गठन गरेको हो ।
कार्यदलमा रामहादुर थापा, विष्णु पौडेल, वर्षमान पुन,सुरेन्द्र पाण्डे,लेखराज भट्ट,योगेश भट्टराई,शंकर पोखरेल,वेदुराम भुषाल र रघुविर महासेठ रहेका छन् ।
कार्यदललाई जिल्ला पार्टीको नेतृत्व र विशेष कमिटीका सदस्यहरुको टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया