काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्।
भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्।
आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्।
यता ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आजपनी बानेश्वर र कलंकीमा गोली चलेको छ ।




प्रतिक्रिया