काठमाण्डु – काठमण्डुको बानेश्वर र कलंकीमा गोली चलेको छ ।
जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेको छ । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
गोली लागेर एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।
यस्तै कलङ्कीमा पनि गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।




प्रतिक्रिया