काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्।
ओलीको राजीनामा स्वीकृत भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।
मुलुकमा उत्पन्न असामान्य परिस्थितलिाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।




प्रतिक्रिया