बालेनको आह्वान : हत्याराको राजीनामा आइसक्यो, अब संसद् विघटन गरेर सेनासँग वार्ता

बालेनको आह्वान : हत्याराको राजीनामा आइसक्यो, अब संसद् विघटन गरेर सेनासँग वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले जेनजी प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको संज्ञा दिँदै राजीनामा आइसकेकाले अब संयमित हुनुपर्ने बताएका छन् ।

देशको जनधनको क्षति भनेको हाम्रै सम्पत्तिको क्षति रहेको जनाउँदै उनले अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने बताए ।

उनले संसद् विघटन गरेर सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुपर्ने बताएका छन् ।