गगन थापा भन्छन् – प्रधानमन्त्री ओलीका दुई रुची, बोल र पोल

गगन थापा भन्छन् – प्रधानमन्त्री ओलीका दुई रुची, बोल र पोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकार संसद छलेर अध्यादेश ल्याउनेगरी उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।

उनले सरकारलाई सुल्टो बाटोमा हिँडाउने काम प्रधानमन्त्रीको भएको बताए। उनले प्रधानमन्त्रीलाई कम बोलेर धेरै काम गर्न अनुरोध गरिए पनि प्रधानमनत्री ओलीमा काम गर्न भन्दा पनि बोल र पोलमा बढी रुची भएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीलाई हामीले कति पटक भन्यौँ नबोल्नूस् काम गर्नूस’, उनले भने, ‘तर दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्रीजीका जम्मा दुईटा रुची छन् कि बोल कि पोल।’

उनले सरकारले ल्याएको कर्मचारी संमायोजन अध्यादेश फिर्ता गर्न माग गर्दै उनले कर्मचारी समस्या समधानका लागि आफूहरु मिलेर जान तयार रहेको बताए। नेता थापाले अध्यादेश फिर्ता लिए कांग्रेसले कर्मचारी समस्या समधानमा सहयोग गर्ने बताए। उनले रातारात काम गरेर भए पनि संसदबाट तीनै तहका निजामती ऐन पारित गरेर लैजानुपर्ने बताए,। अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनोस्’ सांसद थापाले भने, ‘संसदमा रातारात काम गरौं कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं।’

सरकारले कर्मचारी संमायोजन अध्यादेश सरकारको बेढंगी कामको एक कडी भएको बताए। तीनै तहका कर्मचारी आन्दोलनमा रहेको भन्दै उनले सरकारले पुरानो ऐन कार्यान्वयन नगरेको र नयाँ पनि नल्याएका कारण यस्तो समस्या उब्जिएको बताए। एकै पटक सेवा प्रवेश गरेकाहरु एउटा मुख्यसचिव बन्न पाउने र अर्को तलै रोकिने व्यवस्था गलत भएको उनको भनाइ थियो।