मधेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरूमा आगजनी र तोडफोड

मधेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरूमा आगजनी र तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरूमा तोडफोड र आगजनी भएको छ ।

सोमबार काठमाण्डुमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।

मंगलबार जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरूले विभिन्न सरकारी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय, सवारीसाधन लगायतमा आगजनी गरेका छन् ।

युवाहरूले मधेश प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा तोडफोड गर्नुका साथै करीब २ दर्जन सवारीसाधनमा आगो लगाएका छन् ।

युवाहरूले जनकपुरधामस्थित नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको निवास, एमालेका नेता रघुवीर महासेठको घर, एमाले पार्टी कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

युवाहरूले केपी ओली मुर्दावाद, शेरबहादुर देउवा मुर्दावाद, भ्रष्टाचार गर्न पाउँदैन लगायतका नारा लगाएका छन् ।