आन्दोलनरत जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

आन्दोलनरत जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलको अपिलमा उल्लेख छ, ‘नागरिकले उठाएका मागहरू जेन्जीका प्रतिनिधि समेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु ।’

मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबैलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उनले जनाएका छन् ।