काठमाण्डु – आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीहरू मंगलबार साँझसम्म सिंहदरबार अगाडि प्रदर्शनरत छन् ।
मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गरेका उनीहरू साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन् ।
प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए । सिंहदरबारका ४ वटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरूभित्र छिरेका थिए ।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरूपमा प्रदर्शनकारीको नियन्त्रणमा छ । तथापि सेनाले पहरा भने दिइरहेको छ ।




प्रतिक्रिया