एनसेलका भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा २ दिन नि:शुल्क दिने घोषणा

एनसेलका भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा २ दिन नि:शुल्क दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम तीव्र भइरहेका बेला एनसेल नेपालले तोडफोडका घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनकारीहरूले मंगलबार केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेको जनाएको छ ।

एनसेल परिवारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्तो कठिन घडीमा आमउपभोक्तालाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सक्षम बनाउनु नै प्राथमिकता रहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार जस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा क्षति भएमा सेवा अवरुद्ध भई आमउपभोक्ताले ठूलो मर्का व्यहोर्नुपर्छ । त्यसैले दूरसञ्चार संरचना र सम्पत्ति सुरक्षित राख्न सम्पूर्णमा अनुरोध गर्दछौं ।’

उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न कम्पनीले मंगलबारदेखि लागू हुने गरी आगामी २ दिनका लागि नि:शुल्क भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

एनसेलले अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सबैको सहयोग माग्दै शान्तिपूर्ण व्यवहार अपनाउन आह्वान समेत गरेको छ ।