काठमाण्डु – जेनजी पुस्ताको २ दिने आन्दोलन सफल भएर सरकार विस्थापित भएपछि आगामी रणनीति तय गर्न प्रधानसेनापति अशोकराज सिग्देलसँग जेनजी प्रतिनिधिले वार्ता थालेका छन् ।
यसअघि सेनापति सिग्देलले वार्तामा आउन आन्दोलनकारीलाई आह्वान गरेका थिए ।
जेनजी पुस्ताले राजनीतिक दल र त्यसका प्रतिनिधिसँग कुरा नगर्ने भएपछि सेनाले सक्रियता देखाएको हो । जेनजी पुस्ताले राजनीतिक दलहरूलाई सत्ताबाट विस्थापित गरेर नागरिक सरकारको वकालत गर्दै आएका छन् ।
प्रदर्शनकारीले संसद् विघटनको माग राखे पनि त्यो माग पूरा हुन सकेको छैन । संसद् विघटन र नागरिक सरकार गठनको विषयमा प्रधानसेनापति सिग्देलसँग कुराकानी भइरहेको जनाइएको छ ।
आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।




प्रतिक्रिया