काठमाण्डु – बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा गए राति झडप भएको हो । झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको छ ।
घाइते २ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
देशभर जेनजीको आन्दोलन चर्किंदा सुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै छन् ।




प्रतिक्रिया