नेपालको अवस्थाप्रति राष्ट्रसङ्घ चिन्तित, रचनात्मक संवादका लागि महासचिवको आग्रह

नेपालको अवस्थाप्रति राष्ट्रसङ्घ चिन्तित, रचनात्मक संवादका लागि महासचिवको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा जेन जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न तथा थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक्समा नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्।

नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिएका छन् ।