प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरलाई समितिले पुस १५ मा बोलायो

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरलाई समितिले पुस १५ मा बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदको विशेष सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुस १५ गते बोलाएको छ । शुक्रबार बसेको बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते दिउँसो २ बजेलाई बोलाएको हो ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो।

जबराविरुद्ध सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।