लुटिएका ३३ लाख ७० हजार नगद बरामद, अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ

लुटिएका ३३ लाख ७० हजार नगद बरामद, अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार बिहान १० बजेसम्मको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो।

पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।

त्यस्तै उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामदसमेत गरिएको सेनाले जनाएको छ। काठमाण्डुको गौशाला, चाबहिल बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट उक्त रकम बरामद गरिएको हो।

त्यस्तै काठमाण्डुको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू पनि बरामद गरिएको सेनाले जनाएको छ। त्यस्तै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ।

त्यस्तै ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनाले जनाएको छ।