काठमाण्डु –जेन जीको प्रदर्शनकारीको कुटाइबाट सख्त घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपचार छाउनीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।
समाचर स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । नेपाली सेनाको निगरानीमा रहेका सभापति देउवासहित उनका पत्नी आरजु देउवाको पनि त्यहीँ उपचार भइरहेको छ ।
मंगलबार जेन जी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि कुटपिट गरेका थिए । पति देउवा दम्पतिलाई सेनाले उद्धार गरी छाउनी लगेको थियो ।
देउवा दम्पतीको शरीर रगताम्मे भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।




प्रतिक्रिया