काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङ राईले जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भनी गरेको निर्णयमा आपत्ति मिश्रित प्रश्न गरेका छन् ।
उनले सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशीला कार्कीज्यूलाई बालेन र मैले कहाँ समर्थन जनायौं र ? यो सब गलत हो !’
मेयर साम्पाङले सेनापति सिग्देलसँग भेटवार्ता गर्दा जेनजी प्रतिनिधिले भर्चुअल मिटिङमार्फत कार्कीको नाममा निर्णय गरेका थिए ।
सैनिक मुख्यालयबाहिर हर्कका समर्थकले भने हर्क साम्पाङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने भन्दै नारावाजी गरेका थिए ।




प्रतिक्रिया