दूग्ध विकास संस्थान बोर्डको सदस्यमा डा. श्रेष्ठ नियुक्त

दूग्ध विकास संस्थान बोर्डको सदस्यमा डा. श्रेष्ठ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–दूग्ध विकास संस्थानको बोर्ड सदस्यमा विज्ञको रुपमा डा. सितलकाजी श्रेष्ठ मनोनयन भएका छन्।

नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष रहेका उनलाई सरकारले पुस १२ गते मनोनयन गरेको हो। उनी दुई वर्षको लागि मनोनयन भएका हुन्।

भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर डा। श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन् । भेटेरिनरी व्यवसायमा सक्रिय डा। श्रेष्ठ यस भन्दा पहिला राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत अन्य संस्थामा पनि आवद्ध थिए ।