शुक्लाफाँटामा गैंडाको आक्रमणबाट ४ जना घाइते

शुक्लाफाँटामा गैंडाको आक्रमणबाट ४ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर–कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खड काट्न गएकी बेलडांडीकी ४ महिलालाई गैडाले आक्रमण गर्दा घाइते बनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले प्रत्येक बर्ष खड खडाई काट्ने अनुमती दिने गरेको हुदा शुक्रवार देखि आइतवार सम्म खडकाट्नेहरुका लागि खुल्ला गरेको अवसर पारेर आज पहिलो दिन गैडाले आक्रमण गर्दा बेलडांडी गाउँपालिका २ का सिता उपाध्याय (३७), दुर्गा देवी उपाध्याय (६०), सरस्वती सावद (३८), र सुशिला उपाध्याय (३३) बर्षीयलाई घाईते बनाएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर थापाले जानकारी गराए।

बेलडांडी स्वास्थ्य केन्द्रमा घाईतेहरुको उपचार नुहदा धनगढी रिफर गरिएको बेलडांडी स्वास्थ्य केन्द्रले जनाएको छ भने सरस्वती सावदको अवस्था गम्भिर रहेको बताईको छ ।

प्रत्येक बर्ष निकुञ्ज कार्यालयले उपभोक्ताको आवस्यक्ता अनुसार खड खडाई काट्ने अनुमती दिने गरेको हुन्छ । बेलडांडी झिलमिला क्षेत्रमा १३ देखी १५ गते सम्म खुल्ला गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज भित्र आगो लगाएको हुदा र जनमानसको कोलाहले आत्तिएर भाग्न लागेको गैडाले भाग्ने क्रममा आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।