प्रधानमन्त्री छान्ने विवादमा जेनजीहरूबीच कुटाकुट

प्रधानमन्त्री छान्ने विवादमा जेनजीहरूबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरू देखिँदा लफडा भइरहेको छ ।

बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साहको नाम छ ।

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको छ । मनमुटावपछि सडकमै कुटाकुट हुन थालेको छ ।