सर्वस्वसहित जन्मकैदको सजाय पाएका मेयरलाई सर्वाेच्चले दियो सफाइ

सर्वस्वसहित जन्मकैदको सजाय पाएका मेयरलाई सर्वाेच्चले दियो सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई सफाइ दिएको छ।

हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोग लागेका कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले २०७४ फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो।

तर, सर्वाेच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले कुशवाहलाई सफाइ दिएको हो।

कुुशवाह चार वर्षपहिले नै पक्राउ परेका थिए। पर्सा जिल्ला अदालतले सफाइ दिएपछि उनी रिहा भएकोमा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जिल्ला अदालतको फैसला उल्ट्याइदिएको थियो।

त्यसपश्चात उनी २७ वैशाखमा काठमाडौंबाट पक्राउ परेका थिए।