काठमाण्डु – संविधान र लोकतन्त्र जोगाउँदै जनभावनाअनुरूप अघि बढ्न पेसाकर्मीहरू एकजुट हुन थालेका छन् ।
विद्यमान संविधान जोगाउन, राष्ट्रपतिमार्फत तत्काल नागरिक सम्बोधन गर्न र संविधानसम्मत बाटोबाट संकट समाधानको पहलप्रति विश्वास दिलाउन भन्दै उनीहहरूले मौन प्रदर्शन गर्न लागेका हुन् ।
जेनजी आन्दोलनका कारण सिर्जना भएको जटिल परिस्थितिमा देश कसरी अघि बढ्ने भन्ने विषय अन्योल भइरहेका बेला मौन प्रदर्शन गर्न लागिएको नेपाल पत्रकार मआसंघका महासचिव रामप्रसाद दाहालले बताए ।
नेपाल पत्रकार महासंघले शाखा र नेपाल बार एशोसिएशनको एकाईसहित पापडको आयोजनामा शुक्रबार मौन प्रदर्शन गर्र्दैछ । मौन प्रदर्शन साँझ ५ बजे नेपाल बार एशोसिएशनको कार्यालय अगाडि हुनेछ ।
लोकतन्त्र, मानवअधिकार, संविधान, विधिको शासन र नागरिक सर्वोच्चता कायम राख्न माग गर्दै उनीहरूले आह्वान गरेका छन् ।




प्रतिक्रिया