काठमाण्डु-होटल संघ नेपालले जनेजी आन्दोलनका क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालन हुने स्वदेशी र विदेशी ब्रान्डका चर्चित होटलहरू प्रत्यक्ष प्रभावित भएका छन्।
विशेषगरी काठमाण्डुस्थित हिल्टन होटलमा मात्र करिब ८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक तथ्यांकमा उल्लेख छ। होटलहरू मर्मत नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार र कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ।
होटल संघले बैंक तथा अन्य वित्तीय संस्थासँगको ऋण र आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको बताए। संघले प्रभावकारी न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र क्षतिपूर्ति सुनिश्चित गर्न, होटल मर्मत–पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघले लगानीकर्ताको मनोबल जोगाउँदै पर्यटन विकास र आर्थिक स्थायित्व कायम गर्न सरकारको सहकार्य आवश्यक भएको पनि जोड दिएको छ।




प्रतिक्रिया