भैरहवामा निकालियो सद्भाव र्‍याली

भैरहवामा निकालियो सद्भाव र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शान्ति र सद्‍भावको कामना गर्दै भैरहवामा दिभाव र्‍याली निकालिएको छ। भ्रष्टाचार र बेथिति विरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरूमा तोडफोड, लुटपाट, आगजनी गरिएपछि भैरहवासहित देशमा शान्ति-सद्‌भाव कायम राख्न कामना गर्दै  र्‍याली निकालिएको हो।

लुम्बिनी प्रेस क्लबको अगुवाइमा निकालिएको र्‍यालीमा विभिन्न पेशागत र व्यवसायी संघ संस्थाको सहभागिता थियो।

नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको र्‍याली विभिन्न स्थान हुँदै बुद्धचोकमा समापन गरिएको थियो।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले शान्तिको कामना गर्दै शान्ति–सद्‍भाव र्‍याली निकालिएको भन्दै भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरूले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आ-आफ्ना पेशा र व्यवसायलाई मर्यादित तथा सुरक्षित ढंगबाट अगाडि बढाउन आग्रह गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्पन नरहेको बताए।