संसद् विघटन हुने भएपछि सुशीला कार्की शितलनिवासी फिर्ता, निर्णायक वार्ता जारी

संसद् विघटन हुने भएपछि सुशीला कार्की शितलनिवासी फिर्ता, निर्णायक वार्ता जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहमति नजुट्दा घर गएर बसेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पुन: शितलनिवास फर्किएकी छन् ।

शुक्रबार बिहानको छलफलमा सुरुमै संसद् विघटन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आनाकानी गरेपछि उनी घरतिर लागेकी थिइन् । तर अब संसद् विघटनका लागि राष्ट्रपति पौडेल सकारात्मक भएपछि उनलाई नेपाली सेनाको टोलीले शितलनिवास ल्याएको छ ।

कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुअघि निर्णायक छलफल भइरहेको स्रोतको दाबी छ । थप विषयमा सहमति जुटेमा आजै कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।