जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानाका २३ वर्षीय ओजन बुढा मृत फेला परेका छन् ।

४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाण्डुस्थित बीएण्डबी अस्पतालमा मृत भेटिएका हुन् ।

बुढा काठमाण्डुको चाबिलमा बस्दै आएका थिए भने उनी १२ कक्षामा अध्ययनरत थिए ।

यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउन सकेका थिएनन् । भदौ २३ गते काठमाण्डुमा जेनजी युवाहरूको आन्दोलनमा उनी सहभागी भएका थिए ।

शुक्रबार आफन्तहरूले दिनभर खोजी कार्य गर्दा उनी शुक्रबार दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।