काठमाण्डु – अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा कुलमान घिसिङदेखि ओमप्रकाश अर्यालसम्म अटाउने सम्भावना रहेको छ ।
मन्त्रिपरिषद् गठनका लागि चलिरहेको छलफलमा अधिवक्ता ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, रक्षामन्त्रीमा पूर्वरथी बालानन्द शर्मा र कानून मन्त्रालयमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईको सम्भावना रहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया