परराष्ट्रमन्त्री खनाल र युरोपेली संघका नवनियुक्त राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र युरोपेली संघका नवनियुक्त राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा उनीहरूबीच नेपाल युरोपेली संघबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।