पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य

पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

पोखराको ब्याटिङ लाइनअपलाई दबाबमा राख्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले समान एक–एक विकेट लिए ।

अब लुम्बिनीले २० ओभरमा ९८ रन बनाए खेल आफ्नो पक्षमा पार्नेछ । सामान्य लक्ष्य भएकाले लुम्बिनीलाई सहज अवस्थामा देखिए पनि पोखराका बलरहरूले सुरुवाती ओभरमै दबाब सिर्जना गर्न सके खेल रोमाञ्चक बन्न सक्नेछ ।