काठमाण्डु – अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको नाममा अन्योल हुँदा शुक्रबार प्रधानमन्त्रीको मात्रै शपथ हुने भएको छ ।
उच्च स्रोतका अनुसार जेनजी प्रतिनिधिबिच मन्त्रीहरूको नाममा सहमति नजुट्दा प्रधानमन्त्रीको मात्रै शपथ हुन लागेको हो ।
मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल, कुलमान घिसिङ, सुधन गुरुङ, बालानन्द शर्मा, आनन्दमोहन भट्टराईको नाम चर्चामा रहे पनि यकिन सहमति हुन नसकेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया