अन्तरिम सरकार गठनप्रति भारत र बेलायतले गर्‍यो स्वागत

अन्तरिम सरकार गठनप्रति भारत र बेलायतले गर्‍यो स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा भारत र बेलायतले स्वागत गरेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार राति जारी विज्ञप्तिमा निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको उल्ले छ ।

यस्तै संयुक्त अधिराज्य बेलायतले पनि नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भएको जनाएको छ ।

काठमाण्डुस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने उल्लेख गरेको छ ।