काठमाण्डु – जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि ललितपुर जिल्ला जारी गरिएको निषेधाज्ञा र कर्फ्यू जारी आइतबारसम्म जारी रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आइतबारसम्म जारी रहने जनाएको हो ।
जिल्लामा जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भोलि पल्ट शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने छ।
अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





प्रतिक्रिया