काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जीहरूको प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न अस्पताल जाँदै छन् ।
प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।
यस्तै उनी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।




प्रतिक्रिया