नयाँ प्रधानमन्त्रीको नियुक्तिपछि सेनाका उच्च अधिकारीको बैठक, प्रधानसेनापतिको कडा निर्देशन

नयाँ प्रधानमन्त्रीको नियुक्तिपछि सेनाका उच्च अधिकारीको बैठक, प्रधानसेनापतिको कडा निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि नेपाली सेनाका उच्च अधिकारीहरूको बैठक बसेको छ ।

सेनाका उपरथीभन्दा माथिल्लो दर्जाका अधिकारीहरू सम्मिलित बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले आगामी रणनीतिबारे छलफल गरेका छन् ।

बैठकमा सिग्देलले अन्तरिम सरकारलाई सेनाको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् । स्रोतका अनुसार उनले बैठकमा भनेका छन्, ‘हामीले अन्तरिम सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ । सरकारलाई काम गर्न दिनुपर्छ, सुझाव मागेमा दिने हो, नत्र आफैं सुझाव दिनु हुँदैन ।’

सरकार गठनमा पनि सेनाको तर्फबाट कुनै दबाब वा हस्तक्षेप दिन नहुने सेनापति सिग्देलले स्पष्ट पारेका छन् । सबै अधिकारीहरूलाई उनले कडा शब्दमा भने, ‘कसैले पनि सरकारमा मन्त्री नियुक्तिका लागि नाम सिफारिस नगर्नुहोला, कसलाई मन्त्री बनाउने प्रधानमन्त्रीज्यूले नै छान्नुहुन्छ ।’

जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर देश शुन्यतामा पुगेको बेला नेपाली सेनाले आन्दोलनरत पक्ष र राष्ट्रपति रामचन्द्र पौडेलसँग समन्वय गरेर नयाँ सरकार गठनमा सहयोग गरेको थियो ।