स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट

स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ ।

आईतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाइ गरिने साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवं सामानहरू पनि संकलन गरिने बताए ।

उनले भने, ‘आईतबार र सोमबार सरसफाइ गर्ने योजनामा छौं । नियमित काम भने हाल मन्त्रालय भवन रहेको पछाडिपट्टि रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने कि भन्नेमा छौं । त्यहाँ २ वटा भवनहरू छन्, जसमध्ये नयाँ भवन सञ्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरू लिएर काम सुरु तयारीमा छौं ।’

तत्काल आवश्यक पर्ने काजजात वा डाटाहरू कर्मचारीहरूको इमेल वा हार्डडिस्क साथै कम्युटरबाट प्रिन्ट गरेर सुरु गर्ने पनि उनले जानकारी दिए ।