‘नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ’

‘नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थविद्हरूले मुलुकलाई अहिलेको चुनौतीबाट पार लगाउनका लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार काठमाण्डुमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरूले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्ने गरी कदम चाल्न पनि सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शिता र सानो टीम बनाएर काम गर्न सुझाव दिइएको छ ।

वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमा आधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् । उनले भने, ‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’

उनले जेनजी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरूको रगतले जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ, त्यहीअनुसार सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनले अहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसार चल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएको थियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरू अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुसपैठका कारण आन्दोलनलाई बदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अब गम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’

उनले जेनजी आन्दोलनले अब शासकहरूलाई पक्कै पनि भ्रष्टाचार गर्ने कुरा ४ चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे । आन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ होटल सेक्टरको क्षति भएको कुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्ने भन्ने कुरा आएको पनि स्मरण गराए ।

अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातले परिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने निर्णय परिपक्व निर्णय भएको बताए ।