जेनजी आन्दोलनमा मृत्यु भएकाहरू शहीद घोषित, प्रत्येकका परिवारलाई १० लाख राहत

जेनजी आन्दोलनमा मृत्यु भएकाहरू शहीद घोषित, प्रत्येकका परिवारलाई १० लाख राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

यस्तैमा आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।