काठमाण्डु– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा मृतकको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै सबैलाई शहीद घोषणा गर्ने निर्णय सुनाएकी हुन्।
प्रहरीका अनुसार अहिलेसम्म मृतकमध्ये ४१ जनाको मात्र पहिचान भइसकेको छ, बाँकीको डीएनए परीक्षणपछि मात्र सनाखत हुने बताइएको छ।
अन्तरिम सरकारले मृतकका परिवारलाई प्रत्येकलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, आन्दोलनमा घाइते भएकाको उपचार खर्च समेत सरकारले नै बेहोर्ने घोषणा गरिएको छ।




प्रतिक्रिया