सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालीन रूपमा रोकिएको जनाएको छ।

हालैको जेनजी आन्दोलन का क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी–लुटपाटका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका कारण चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS) सम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको र अर्को सूचना नआएसम्म सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द रहने विभागले जानकारी गराएको छ।