काठमाण्डु – अन्तरिम सरकारका मन्त्रिपरिषदका सदस्यहरूको शपथ सोमबार हुँदैछ ।
आज बिहान ११ बजे नवनियुक्त तीन जना मन्त्रीहरूको शपथ हुन लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई जलश्रोत तथा सिँचाई मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
यस्तै अर्याल कानुनविद् पनि हुन् । उनी पछिल्लो समय काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।
खनाल पूर्वअर्थसचिव हुन्। खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए ।




प्रतिक्रिया