असोज महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

असोज महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले अघिल्लो महिनाको मसान्तभित्र आगामी महिनाका लागि ब्याजदर तोक्नुपर्ने भएकाले यो दर निर्धारण गरिएको हो।

२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् भने बाँकी बैंकहरूले अघिल्लो महिनाको दर यथावत् राखेका छन्।

साधारण मुद्दती निक्षेप

साधारण मुद्दती निक्षेपमा हाल न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम २.८० प्रतिशत तोकिएको छ। विभिन्न बचत खातामा ब्याजदरको अन्तर २ प्रतिशत भन्दा बढी नहुने नियम छ। त्यस्तै, रेमिट्यान्स खातामा सामान्य भन्दा १ प्रतिशत विन्दुले बढी ब्याजदर तोक्न सकिने भएकाले बैंकहरूले त्यसैअनुसार दर निर्धारण गरेका छन्।

व्यक्तिगत मुद्दती

एक वर्षे व्यक्तिगत मुद्दती खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर तोकिएको छ। व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर हाल पनि ६ प्रतिशतसम्म छ। बैंकहरूले छोटो अवधिका लागि कम र दीर्घकालीन निक्षेपमा बढी ब्याजदर दिनेगरी नयाँ तालिका बनाएका छन्।

संस्थागत मुद्दती

संस्थागत मुद्दती खातामा एक वर्षे निक्षेपका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन्। यसमध्ये ग्लोबल आइएमईले सबैभन्दा बढी ३.२५ प्रतिशत तोकेको छ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत निर्धारण गरेका छन्।

एक वर्षभन्दा माथिको अवधिका लागि केही बैंकले उच्च ब्याजदर अफर गरेका छन्। एनएमबि, एनआईसी एशिया र हिमालयन बैंकले ५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सबै अवधिका लागि २.७५ प्रतिशतको न्यूनतम दर लागू गरेको छ।