जेन जी प्रदर्शन : कोशीमा ४२ सरकारी भवन ध्वस्त

जेन जी प्रदर्शन : कोशीमा ४२ सरकारी भवन ध्वस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कोशी प्रदेशको सरकारी भवनमा ठुलो क्षति भएको छ ।

आन्दोलनका भएको आगजनी एवं तोडफोडका का।ण प्रदेश सरकारका संरचना ध्वस्त भएको छ ।

प्रदर्शनकारीले कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा सरकारी संरचना र सम्पत्तिमा धेरै क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संकलन गरेको प्रतिवेदनअनुसार कुल ४२ वटा भवनमा क्षति पुगेको छ। तीमध्ये १८ वटा भवन पूर्णरूपमा जलेर प्रयोगविहीन बनेका छन् । यस्तै २४ वटा भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सरकारी सवारीसाधन पनि जलेर क्षति पुगेको छ । ६४ वटा चारपांग्रे गाडी पूर्णरूपमा जलेका छन् भने थप १२ वटा गाडीमा आंशिक क्षति पुगेको छ।

प्रदेश सरकार मातहतको कार्यालयका कर्मचारीहरूले प्रयोग गर्दै आएका १४४ मोटरसाइकल र स्कुटर जलेर नष्ट भएका छन्। तीमध्ये १७ वटा मोटरसाइकल आंशिक क्षतिग्रस्त छन्।

कार्यालयकै विवरण अनुसार मुख्यमन्त्री कार्यालय अन्तर्गतका ४ वटा भवन पूर्णरूपमा र २ भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, सोही कार्यालयका ९ वटा सवारी साधन जलेका छन्।

पर्यटन, वन तथा वातावरण मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको छ । यसको ५ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० वटा गाडी जलेका छन्।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका ४ वटा गाडी, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी र ५ वटा भवनमा क्षति पुगेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको एउटा भवन र एउटा गाडी पूर्ण रूपमा जलेको छ भने सामाजिक विकास मन्त्रालयका २ भवनमा पूर्ण क्षति पुगेको छ।

यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २ भवन र ८ वटा गाडी, भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा गाडी र स्वास्थ्य मन्त्रालयका ३ वटा गाडी आगोले जलेका छन्।

यसबाहेक, प्रदेशसभा सचिवालय पनि आगजनीको निसानामा परेको छ।

सचिवालयका ४ वटा भवन र ८ वटा चारपांग्रे गाडी जलेका छन्। प्रदेश योजना आयोगका ३ वटा गाडी पनि ध्वस्त भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार क्षतिको तथ्यांक प्रारम्भिक मात्र हो। विस्तृत मूल्यांकनपछि क्षतिको परिमाण अझ बढ्न सक्ने उनले बताए।