काठमाण्डु – राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।
काठमाण्डु प्रहरी परिसरका एसपी अपीलराज बोहोराका अनुसार मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ निवासी र हाल ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन्।
आज बिहान करिब ९ः३० बजे सुपरमार्केटको चौथो तलामा अस्थिपञ्जरमात्र बाँकी अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
भदौ २३ र २४ गते देशभर, विशेषगरी काठमाण्डुमा, जेन जीको आन्दोलनको क्रममा तोडफोड र आगजनीका घटना भएका थिए।
प्रहरीका अनुसार रसाइलीको मृत्यु पनि २४ भदौमा भाटभटेनीमा भएको आगलागीका कारण भएको हो।
देशभरका विभिन्न भाटभटेनी शाखामा समेत केही व्यक्तिहरू जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया