काठमाण्डु – जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटपाट भएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सुशान्त प्रधानसँगको पडकास्टमार्फत ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्। उनका अनुसार करिब ३८ करोड रुपैयाँ हाराहारीको सम्पत्ति लुटिएको छ।
गभर्नर पौडेलले भने ‘संसद् भवनभित्रको शाखाबाट ठूलो लुटपाट भएको छ। अहिले पनि सिसिटिभी फुटेज र प्रमाणको आधारमा अनुसन्धान भइरहेको छ।’
गत घटनामा ६८ वटा बैंक शाखाहरूमा आक्रमण भएको, ६९ वटा एटिएममा क्षति पुगेको भए पनि समग्र बैंकिङ प्रणाली भने सुरक्षित रहेको पौडेलले बताए।
उनले आन्दोलनको बेला पनि पेमेन्ट सिस्टमलाई निरन्तरता दिन राष्ट्र बैंक र अन्य वित्तीय संस्थाहरू तैनाथ गरिएको जानकारी दिए।




प्रतिक्रिया