काठमाण्डु – नेपाल प्रहरीले ४८ जना प्रहरी निरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले एसपीहरू सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । यसअघि उनी काठमाण्डु जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल सरुवा गरिएको छ ।
त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ । नरेन्द्र चन्द र गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो ।
यस्तै डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।










प्रतिक्रिया