काठमाण्डु – नेकपा (एमाले)ले शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदै छन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।
ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए ।
त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।









प्रतिक्रिया