काठमाण्डु – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शुक्रबार ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालय आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
कार्यक्रमलाई महासचिव शंकर पोख्रेलले सञ्चालन गरेका छन् भने अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।
जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो । पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् ।
पार्टी कार्यालय परिसरमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।




प्रतिक्रिया