एशिया कप टी-२० : सुपर–४ को पहिलो खेलमा बङ्गलादेशद्वारा श्रीलङ्का पराजित

एशिया कप टी-२० : सुपर–४ को पहिलो खेलमा बङ्गलादेशद्वारा श्रीलङ्का पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएको हो ।

श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर ५ बलमा छ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए । श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्गाले सात विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । श्रीलङ्काका लागि दासुन शनकाले अविजित ६४ र कुसल मेन्डिसले ३४ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन, महेदी हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

यो जीतसँगै बङ्गलादेशले सुपर–४ मा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । सुपर–४ मा समूह एबाट भारत र पाकिस्तान तथा समूह बीबाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।

सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । एशिया कप टी–२० क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दैछन् ।