बालाजुमा बस पल्टियो, ३४ जना घाइते

बालाजुमा बस पल्टियो, ३४ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

आइतबार बिहान काठमाण्डु महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाण्डुको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’ उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।