काठमाण्डु– आइतबार सेयर बजारमा उछाल आएको छ । बिहीबार १६० अंकले घटेको सेयर बजार आज १११ अंकले बढेको हो ।
यसदिन परिसुचक २६२३ मा पुगेर रोकिएको छ । यसदिन २ करोड कित्ता सेयर किनबेच भयो भने ९ अर्बको कारोबार भयो ।
आज कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घट्यो ।
कारोबार रकमका आधारमा आज नेपाल रि इन्सुरेन्स, हिमालय रि इन्सुरेन्स र गार्डियन माइक्रोलाइफ इन्सोरेन्स अगाडि रहे ।
यसदिन १४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढे ।
आज म्यूचल फण्ड र नन लाइफ इन्सोरेन्स सुचक बाहेक सबै इन्डेक्स उकालो लागे ।
सवैभन्दा धेरै व्यापार ८.३३,लगानी ७.७७, विकास बैंक ६.३४ फाइनान्स ६, हाइड्रोपावर ५.९८ प्रतिशतले बढे । यस्तै बैंकिङ ४.७६, होटल एण्ड पर्यटन २.५५, जीवन बिमा ५.९३, निर्माण र प्रशोधन ४.८६, लघुवित्त ४.०७ र अन्य १.८६ प्रतिशतले बढे ।




प्रतिक्रिया